हिजो एमाले राम्रो र ईमान्दार भन्ने आज माओबादी राम्रो भन्छ !
कुख्यात मण्डले भएपनि पार्टीको टिकट लिई नया पार्टी प्रबेस गर्छ
आफु त प्रबेस गर्यो गर्यो कार्यकर्ता सबैलाई उतै लाग्न दबाब गर्छ !!
घुस खान र स्वार्थ पुरागर्न भएपनि त्यहि सरकारको गुनगान गर्छ
भोलि सरकारको परिबर्तन संगै त्यहि पार्टीमा प्रबेस गरेको घोसणा गर्छ !!
त्यसबेला पद बचाउननै भएपनि बिगत सरकारको भ्रस्टाचारको पोल खोल्छ
त्यसले विश्वास नगर्नु कसैलाई मित्र आजको आफ्नो पछि बिरानो हुनसक्छ !!