चिलीको जंगलमा लागेको आगो नियन्त्रणका लागि गएका छ जना अग्नी नियन्त्रकको जलेर निधन

चिलीको जंगलमा लागेको आगो नियन्त्रणका लागि गएका छ जना अग्नी नियन्त्रकको जलेर निधन भएको छ । दक्षिणी चिलीको पहाडी जंगलमा फैलिएको आगो नियन्त्रणका लागि पुगेका थुप्रैं अग्नी नियन्त्रक जलेर घाइते भएका छन् ।

 

आगोका कारण चिलीको अराउकानिया क्षेत्रका घरहरु जलेर नष्ट भएका छन् । केही महिनादेखि चिलीको जंगलमा आगलागी भैरहेको छ ।

 

चिली सरकारले आगलागीलाई नियोजित भन्दै यसमा संलग्नलाई कार्वाही गरिने जनाएको छ । राष्ट्रपति सेब्रास्टियन पिनेराले घटनाको निरीक्षण गर्नुका साथै मृत्यु भएका अग्नी नियन्त्रकका परिवारलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन् ।