लोड सेडिङ (गीत)


– मिना भट्टराई पाल्पा

यो नेपाली दिउसो राती लोड सेडिङमा चम्किन्छ
मैन बत्ति बाली-बाली पढ्न लेख्न तम्सिन्छ ।

जति थपियोस् संविधानको म्याद यो नेपाली थाक्दैन

भ्रस्टाचारै गर्छ बरु नियम कानुन मान्दैन ।


पायो भने कुर्स्रीमा बस्न गर्मी जाडो भन्दैन
झाडा बान्ता गर्छ बरु अरुले खाओस् भन्दैन ।

 

यो नेपाली दिउसो राती लोड सेडिङमा चम्किन्छ

मैन बत्ति बाली-बाली पढ्न लेख्न तम्सिन्छ ।