अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैनिक क्षमता बढाउने घोषणा गरेको छ । यस बर्षको रक्षा नीति सार्वजनिक गर्दै राष्ट्रपति बाराक ओबामाले चीनको बढ्दो ताकतलाई सन्तुलनमा राख्न त्यस क्षेत्रमा आफ्ना सैनिकको संख्या बढाइने घोषणा गर्नुभएको हो । चीनलाई ठीक ठाउँमा राख्न पनि एसिया प्रशान्त क्षेत्रमा अमेरिकी सैनिकको संख्या बृद्धी गर्नुपर्ने उहाँको तर्क छ । यस्तै नयाँ नीति अनुसार हजारौं अमेरिकी सैनिक सेवा निवृत्त हुने पनि जनाइएको छ ।
यद्यपि सैनिक कटौतीले अमेरिकी क्षमताको साख नगिर्ने दावी ओबामाको छ । आफनै सेनाका कारण इराकको हिंसामा कमी आएको र अफगानिस्तानमा हिंसा नियन्त्रण हुने दावी पनि उहाँको छ । ओबामाले आगामी दशकमा पेन्टागनको रक्षा बजेटमा ४ सय ५० अर्व डलरले कटौती गरिने पनि जानकारी दिनुभयो ।