– प्रेमनारायण आचार्य
अर्घाखाँची २३ पौस । सूर्योदय महिला बचत तथा ऋण सहकारी सस्था सन्धिखर्कको पाँचौ बार्षिक साधारण सभा तथा भबन उद्घाटन कार्यक्रम आज सस्थाको नव निर्मित भबनको परिसरमा सम्पन्न भएको छ ।
महिला सहकारीको माध्यमबाट महिलाहरुका समस्यामा एकिकृत गर्ने र आय आर्जनमा महिलाहरुलाई समाबेस गराउने उदेश्यले स्थापना गरिएको महिला सहकारीले यस बर्ष आफ्नै भबन समेत निर्माण गरेको छ ।
एक सभाहल सहित ३ कोठे निर्माण गरिएको भबन कुल ९ लाख ९४ हजार आठ सय ६४को लागतमा निर्माण गरिएको हो । कार्यक्रममा सस्थाको प्रगती प्रतिबेदन सस्थाकी अध्यक्ष कमला भुसालले बाषिृक आयब्य कोषाध्यक्ष मेनुका पौडेल र भबनको आय ब्ययको प्रतिबेदन भबन निर्माण समितिकी कोषाध्यक्ष शुस्मा श्रेष्ठले प्रस्तुत गनुृ भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरेले महिला सहकारीको माध्यमबाट समाज परिबतृन गर्दै आर्थिक क्रान्ती गर्न ठुलो टेबा पुग्ने बताउनु भयो ।
कार्यक्रममा स्थानीय बिकास अधिकारी पुण्य बिक्म पौडेल महिला बिकास अधिकारी जमुना भण्डारी माओबादीका जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य उमालेका सचिबालय सदस्य सरोज भुसाल अनेमसंघ क्ान्तीकारीका जिल्ला अध्यक्ष छमकुमारी खनाल अनेम सघकी सुनीता बेल्बासे प्रगतीसिलकी रुपा मुखीया लाली गुरास महिला बिकास बचत तथा ऋण सहकारीकी गिता थापा लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम सस्थाकी अध्यक्ष कमला भुसालको अध्यक्षता शान्ती पन्थीको संचालन र सिता पौडेलको स्वागत मन्तब्यमा कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको हो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.