नाइजेरियाको उत्तर पूर्वी क्षेत्रबाट हजारौ मानिस पलायन

नाइजेरियाको उत्तर पूर्वी क्षेत्रबाट हजारौ मानिस पलायन हुन थालेका छन् । इस्लामिक लडाकु समुह बोको हरामले २४ घण्टा यता क्रिश्चियन समुदायलाई लक्षित गरि आक्रमण गरेपछि पलायनको क्रम बढेको हो । मुश्लिम बाहुल्य उत्तरी क्षेत्रबाट हट्न क्रिश्चियन समुदायका मानिसलाई बोको हरामले चेतावनी दिइसकेको छ । अडामावा प्रान्तमा कफ्र्यु लगाए पनि २९ जनाभन्दा बढी मारिइसकेका छन् ।


गत हप्ता मात्र राष्ट्रपति गुडलक जोनाथनले उत्तरी योवे र बोर्नो क्षेत्रमा आपतकालीन स्थितिको घोषणा गरेका थिए । नाइजेरियामा केही हप्ता यता बोको हरामले लगातार क्रिश्चियन समुदायमाथि आक्रमण गर्दै आएको छ । गत वर्ष मात्र यसैको आक्रमणमा ५ सयभन्दा बढी मानिस मारिएका थिए । नाइजेरियामा केही वर्षदेखि वर्तमान सरकार हटाई ईस्लामिक राष्ट्र बनाउनुपर्ने माग राखेर बोको हरामले सशस्त्र संघर्ष गर्दै आएको छ ।