दक्षिण कोरियाली राष्ट्रपति ली म्युंग वाक चीन भ्रमणमा जानुभएको छ । उत्तर कोरियाको सत्ता हस्तान्तरणको मुद्दाको बिषयमा छलफल गर्नका लागि ली म्युंग चीन पुग्नुभएको हो ।
चीनमा रहँदा राष्ट्रपति ली म्युंग वाकले दुई देशको सम्बन्धका साथै कोरियाली प्रायद्धीपमा स्थिरताका बिषयमा छलफल गर्ने बताईएको छ ।
चीनका राष्ट्रपति हु जिन्ताओसंग भेटको कार्यक्रम समेत तय गरेका म्युंगको यो भ्रमण फलदायी हुने बिश्वास दक्षिण कोरियाली अधिकारीहरुको छ । गत महिना उत्तर कोरियाका राष्ट्रपति किम जोंग इलको मृत्युपछी दक्षिण कोरियाली राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो ।