इरानको एक अदालतले इरानी मूलका अमेरिकी नागरिक अमीर मिर्जा हेकमतीलाई अमेरिकी गुप्तचर एजेन्सी सीआईएका लागि जासुसी गरेको आरोपमा मृत्यु दण्डको सजाए सुनाएको छ । इरानी समाचार एजेन्सी फार्कका अनुसार हेकमती सीआईएको सदस्य बनेर जासुसी गरेको र इरानलाई आतंकवादमा फसाउने कोसिश गरेको भन्दै मृत्यु दण्डको सजाय सुनाएको जनाएको छ । इरानले २८ वर्षिय हेकमती इरान आउनु अघि अफगानिस्तान र इराकमा रहेको अमेरिकी सैन्य आधारमा तालिम लिएको आरोप समेत लगाइएको छ ।
तर उनले अघिल्लो महिना इरानी टेलिभिजनमा जासुसीको आरोप स्वीकार गरेको देखाइएको थियो । पूर्व अमेरिकी नौ सैनिक रहेका हेकमतीसंग अमेरिकी नागरिकता रहेको बताइएको छ । अमेरिकाले भने हेकमतीलाई गलत आरोपमा फसाइएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । अमेरिका र इरानबीचको तनाब चुलिएको बेला हेकमती विरुद्ध मृत्यु दण्डको सजाय सार्वजनिक भएको हो ।