उत्तर कोरियाले अर्को महिनामा दिवंगत दुई नेताको जन्मजयन्तीको अवसर पारेर सयौं कैदीलाई रिहा गर्ने घोषणा गरेको छ । सरकारी समाचार एजेन्सी केसिएनएका अनुसार दिवंगत नेता किम जोङ इल र उत्तर कोरियाका संस्थापक नेता एवं किमका पिता किम इल सुङको जन्म शताब्दीको अवसरमा कैदी रिहा गरिन लागेको हो । रिहा गरिने कैदीको संख्या र उनीहरु कुन मुद्दामा सजायँ काटिरहेका थिए भन्नेबारे भने केही खुलाइएको छैन ।
विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले उत्तर कोरियाका विभिन्न जेलमा गरि करिब २ लाख बन्दी रहेको अनुमान गरेको छ । गत वर्ष मात्र एम्नेष्टीले स्याटलाइट तस्वीरका आधारमा उत्तर कोरियामा कारागारको संख्या बढाएको जनाएको थियो । पूर्व बन्दीहरुलाई उधृत गर्दै एम्नेष्टीले कारागारभित्र यातना दिइएका, खाना खान नदिइ श्रम गर्न लगाइएका कैदीहरु रहेको जनाएको छ ।