ईरानको राजधानी तेहरानको उत्तरी क्षेत्रमा कार बम विष्फोटमा परी ईरानी परमाणु वैज्ञानिक मुस्तफा अहमदी रोशान नातांज मारिएका छन् ।
तेहरानको नबी मार्गस्थित अलामेह ताबाताई विश्वविद्यालय नजिकै विष्फोट भएको थियो । ईरानी समाचार एजेन्सी फार्सका अनुसार मोटर साइकलमा आएको आक्रमणकारीले कारमा चुम्बकीय बम राखेर ठोक्काएको थियो ।
फार्सका अनुसार ३२ वर्षिय वैज्ञानिक रोशान नाटान्ज युरेनियम संबद्र्धन संयन्त्रको एउटा विभागका सुपरभाइजर थिए । ईरानमा पछिल्ला वर्षहरुमा परमाणु वैज्ञानिकहरु लगातार आक्रमणको निशाना बनिरहेका छन् ।
दुई वर्ष अघि मात्र तेहरान विश्वविद्यालयका प्रोफेसर मसुद अली मोहम्मदीको रिमोट कन्ट्रोल बम आक्रमणमा मारिएका थिए । तेहरानले वैज्ञानिकहरुको हत्याको दोष अमेरिका र इजरायललाई लगाउँदै आएको छ तर ती देशहरुले आरोप अस्वीकार गर्ने गरेका छन् ।
अन्तर्राष्ट्रिय परमाणु एजेन्सीले ईरानले युरोनियम संवद्र्धन कार्य शुरु गरेको पुष्टि गरेको दोस्रो दिन नै ईरानमा परमाणु वैज्ञानिकको हत्या भएको हो । ईरानको परमाणु कार्यक्रमलाई लिएर अहिले पश्चिमा मुलुक र ईरानबीच तनाब चुलिएको छ ।