अफगानिस्तानमा खटिएका अमेरिकी सैनिकले तालिवानी लडाकुको शवमाथि पिसाव फेरेको दृष्य सार्वजनिक


 

अफगानिस्तानमा खटिएका अमेरिकी सैनिकले तालिवानी लडाकुको शवमाथि पिसाव फेरेको दृष्य सार्वजनिक भएपछि अमेरिकी सेना हैरानीमा परेको छ । सनसनीपूर्ण उक्त भिडियोको जाँच थालिएको जनाइएको छ ।

 

भिडियोको आधिकारिकता पुष्टी हुन नसकेको र स्रोत पनि खुल्न नसकेको बताइएको छ । तर दृष्यमा देखाइएको हर्कत सैनिक मूल्य विपरित रहेको भने सेनाले स्वीकारेको छ ।

 

यो दृष्यबाट पेन्टागन पनि हैरानीमा परेको जनाइएको छ । इन्टरनेटमा पोष्टसमेत भएको उक्त भिडियो अल जजिरा च्यानलबाट प्रशारण भएको थियो । भिडियोको अमेरिकास्थित इस्लामिक संस्थाहरुले नै अलोचना गरेका छन् ।