पाकिस्तानको बलुचिस्तान प्रान्तमा हतियारधारी चरमपन्थीको आक्रमणमा १४ जना पाकिस्तानी सेना मारिएका छन् । बुधबार मध्य रात तुरबत जिल्लामा सेनाको फ्रन्टियर कर्पको एक युनिटमा हमला भएको बताइएको छ । स्थानिय बजारबाट दुईवटा गाडीमा सामान खरिद गरि फर्केका सेनामाथि चरमपन्थीले रकेट , ग्रिनेडले समेत आक्रमण गरेको स्थानिय अधिकारीहरुले जनाएका छन् ।
आक्रमणमा गाडीमा सवार सबै सेना मारिएका छन् । गाडीमा आएका आक्रमणकारीहरु ठूलो संख्यामा रहेको बताइएको छ । बलुचिस्तान अफगानिस्तान र ईरानको सीमा जोडिएको पाकिस्तानको प्रान्त हो ।