– रमेश थापा ।
USA संयुक्त राज्य अमेरिकाबाट हो, नाम फेसबूकमा देख्नु हुन्न र ? च्याटिङ कसरी गर्नु भको – भनेर कुरा शुरु गरेकी अन्जु बेल्बासे बस्यालले अर्घाखाँचीडट्कमसँग करिव १०,१२ मिनेट कुरा गरिन । शिकागो – ईलिनोइसमा बस्छु भन्ने अन्जुले नेपाल घर अर्घाखाँचीको सिद्दारा पर्ने र अहिले बुटवलमा बसाइ सरेको बताइन ।
डि.भि परेर साँढे २ महिना अगाडि मात्र अमेरिका पुगेकी उनका श्रीमान सहित दुई छोरीहरु ( अशुल र सानीको नाम अनुश्का ) पनि शिकागोमा बस्दै आएका छन। अर्घाखाँची त विवाह भएपछि छोडेका थियौ भनेर बताउने अन्जुले स्वास्थ्य सम्बन्धी पढेकी, धेरै नपढेकी पनि बताइन । फेसबूकमा धेरै बताउन हुन्न के भनेर खुलेर जवाफ नदिने उनीलाई नेपालको राजनीतिकको बारेमा त्यती खास थाहा छैन,,, यसो न्युज हेरिन्छ अन्लाईनमा भनेर उल्लेख गरिन ।
अन्जु बेल्बासे बस्याल, शिकागो। तस्बिर: फेसबूक
नेपालमा नयाँ सबिधान बन्दै छ भनेर सोध्दा होर…. भनेर राजनीतिक कुराबाट बिट मरेकी उनिले अमेरिका बस्न सकियो भने २,३ बर्ष पछि नेपाल जाने योजना भएको समेत बताइन । यहाँ त डि.भि परेका धेरै छन, लण्डनमा कतिको चिसो छ भनेर या वा कुरा निरन्तर गरिरहेकी अन्जुले आफ्नो घर, छोरीहरु स्याहार-सुसार बाहेक बाहिर जागिर अझै गरेकी छैनन। — अमेरिकामा — त्यतिकै टाईम पास गर्दै बस्दै भनेर हाँस्दै जवाफ दिने उनीले शुरु शुरुमा त्यहाँ बस्न राम्रै लागेको पनि बताइन ।
नोवेम्बर ४, २००८ मा बाराक ओबामाले अमेरिकाको ४४ औ राष्ट्रपती पदमा जितेपछि
“हेल्लो शिकागो” भनेर आफ्नो विजय भाषण शुरु गरेको उक्त शहरमा बस्ने अन्जुले हिमपात परेको छ भन्दै अगाडि कुरा गरिरहेको बेला फेसबूकका आगन्तुकको चापले गर्दा अर्घाखाँचीडट्कम् उनी सँग आफ्नो कुरा छोट्टाउदै विदा भयो।
यस्तै नमस्कार हजुर सञ्चै छ भनेर शुरु मै अर्घाखाँचीडट्कमलाई संपर्क गरेका महेन्द्र कार्की के.सीले दुबईबाट अन्लाईनमा बसेको बताए। नेपालमा अर्घातोष -२ चिदिपानी अर्घाखाँची घर भएको जानकारी गराउने उनले नो जोब इन नेपाल, पैसा कमाउन लाई भन्नु पर्यो दुबई आएको भनेर बताए।
नेपालमा त बन्द हडताल हुन्छ सधैं भरि, एस.एल.सी मात्र पास गरेको, के गर्ने त्यसैले त धेरै गरिव भएको हुँ भनेर सबै कुरालाई समट्न खोज्ने महेन्द्रले दुबईमा फ्रेन्च कारेफोर हिपर मर्केटमा फ्रुट – तरकारीहरु मिलाउने, सजाउने काम गर्छन्। उमेर २६ पुग्यो पहिले मलेसिया गएको, अहिले दुबईमा छु आएको १३ महिना भयो भन्ने उनले आगामी अप्रिलमा नेपाल जाने र विबाह गर्ने, आफु त सोझो मान्छे अहिले सम्म ग्रर्लफ्रेन्ड छैनन भनेर पनि बताए।
महेन्द्र के.सी, दुबई। तस्बिर: फेसबूक
नेपालमा के हुनु आँफै मर्छन सालाहरु, त्यती सन्तोष लाग्दिन, के गर्नु सबै आफु बिग भन्छन त्यसैले गर्दा अब नेपालमा केही हुँदैन जस्तो लाग्छ, सबिधान पनि बन्दैन, मलेसियामा हुँदा २०६१ मा केही हुन्छ जस्तो लाग्थ्यो तर अब केही हुँदैन जस्तो लाग्छ, उदास मात्र लाग्छ मलाई त नेपालको बारेमा भनेर विगत, वर्तवान र भबिष्य सम्झदै, सोच्दै निरन्तर अनेकौ जवाफ दिएका महेन्द्रले हामीलाई नेपालमा स्पेस चाहियो, जागिरको व्यवस्था हुनुपर्यो, विदेशमा केही गर्न सकिएन, घर आमा, भाई , बहिनी छन पैसा चाहियो, अप्रिलमा नेपाल जानु छ भनेर आफ्नो भावना, रिस, अनुरोध, योजना समेत व्यक्त गरे ।
अन्त्यमा अर्घाखाँचीडट्कम सँग कुरा गर्न पाएकोमा खुशी व्यक्त्य गर्दै बिदा भए।
यसैक्रममा अर्घाखाँची कै ढिकुरा गाबिस वार्ड नम्बर ९, गौउचौर दह घर बताउने पदम पलुङे मगर कतार आएको २ वर्ष पुगेको बताए। कामको सिलसिलामा कतार आएको भनेर बताउने उनले बिल्कुल काम सन्तोष जनक नै छ, यहाँ जेनेरेटर टेक्निसियन सम्बन्धी काम गर्छु, भन्दै — हाँस्दै— ३० हजार रुपैयाको हाराहारिमा कमाइ हुने पनि बताए।
आफ्नो २ वर्ष अगाडि विवाह भएको, ४ दाजु, २ दिदी छन भनेर पारिवारिक अवस्था व्याख्या गरेका पदमले आफ्नो देश छोडि अर्काको देशमा बस्न कस्लाई पो रहर छ र– तर पनि आफ्नो मनलाई समाली बस्नु पर्ने आम हामी नेपालीहरुको बाध्यता हो भन्दै अर्घाखाँचीडट्कमले कस्तो लाग्छ कतारमा आएर काम गर्न भनेर सोधेको प्रश्नको” जवाफ दिए।
पदम पलुङे मगर कतार । तस्बिर: फेसबूक
नेपालमा घर परिवारसँग एक्दमै फोनमा कुरा हुन्छ भनेर शब्द काट्दै लेखेका उनले नेपालको राजनितिक बद्रगोल छ, प्रशासन ठीक छैन , बैदशिक सम्बन्धी कानुन राम्रो छैन, बिदेशमा नेपालीहरुले धेरै दु:ख पाइरहेका छन त्यसलाई नेपाल सरकारको ध्यान जानुपर्नेमा जोड दिए।
पदम अबको २,४ महिना भित्रमा नेपाल फर्कने भएका छन। अन्त्यमा आफ्नो विबाहको बारेमा केही विवाद छ, समस्या छ, सबै साथीहरुले देख्छन—- कृपया मेरो यो बिषयमा कुनै कुरा नलेखिदिनु होला भनेर अनुरोध गरेका उनीसँग पनि अर्घाखाँचीडट्कम धन्यवाद दिदै विदा भयो।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.