इराकको बार्सामा शिया धर्मालम्बीमाथि लक्षित गरी गराइएको आत्मघाती बम आक्रमण

इराकको दक्षिणी शहर बार्सामा शिया धर्मालम्बीमाथि लक्षित गरी गराइएको आत्मघाती बम आक्रमणमा कम्तिमा ५३ जना मारिएका छन् । मारिनेमा प्रहरी पनि परेको बताइएको छ ।

 

विष्फोटबाट धेरै जना गम्भीर घाईते भएका छन् । शिया धर्मालम्बीहरु अर्वाइन पर्व मनाउन जम्मा भैरहेको बेला यो आक्रमण भएको हो । सम्भावित आक्रमणलाई ध्यानमा दिंदै त्यहां सुरक्षा व्यवस्था कडा बनाइ पनि प्रहरीको ड्रेसमा आएको आत्मघाती आक्रमणकारी प्रहरी चेक पोष्टमै पुगेर आफैलाई विष्फोट गराएको जनाइएको छ ।

 

गत महिना मात्र सुन्नी समुदायका उपराष्ट्रपति तारिक अल कासिमी विरुद्ध आतंकवादी सम्बन्ध राखेको आरोपमा पक्राउ पूर्जी जारी गरिएपछि इराकमा शिया समुदायलाई लक्षित गरी विष्फोटका घटना बढेका छन् ।