नाइजेरियामा तेलमा सरकारले दिंदै आएको अनुदान कटौतिको विषयमा सरकार र आन्दोलनरत मजदुर युनियनबीचको वार्ता सहमतिमा पुग्न सकेको छैन् ।
सरकारले ५० प्रतिशत सम्म छुट दिने प्रस्ताव मजदुर संगठनहरुले अस्वीकार गरेका छन् । उनीहरुले सरकारी अनुदान कायम हुनु पर्ने अडान राखेका छन् । युनियनका नेताहरुले भोलि सम्म कुनै सहमति हुन नसके फेरि देशव्यापी आमहड्ताल शुरु गर्ने चेतावनी दिएका छन् ।
सरकारले तेलमा सरकारी अनुदान कटौतिको घोषणा गरेपछि तेलको मुल्य दुई गुणा बढेको थियो । यसको विरोधमा पछिल्लो हप्ता देखी त्यहां देशभर आमहड्ताल भएको छ । प्रहरी र प्रदर्शनकारीको झडपमा कयौंको मृत्यु समेत भैसकेको छ । आमहड्तालका कारण त्यहांको अर्थतन्त्रमा करोडौं डलरको नोक्सानी भएको छ ।