सरकारद्धारा पेट्रोलियम पदार्थको हाहाकार समाधान गर्न छिट्टै अन्तर्राष्ट्रिय बजारसंग मूल्य समायोजन थाल्ने तयारी

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबारको मूल्य वृद्धिपछि पनि पेट्रोलियम पदार्थको बिक्री वितरणबाट घाटा भइरहेको नेपाल आयल निगमले जनाएको छ।

 

बजारमा दोहोरिरहने पेट्रोलियम पदार्थको हाहाकारको समस्या समाधान गर्न सरकारले छिट्टै अन्तर्राष्ट्रिय बजार मूल्यसंग पेट्रोलियम पदार्थको मूल्य समायोजन थाल्ने तयारी गरेको छ।

भारतबाट महंगो मुल्यमा पेट्रोलियम पदार्थ किनेर नेपालमा वितरण गर्दा ठूलो घाटा र आपूर्तिमा समेत समस्या भोग्नु परेको भन्दै नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको हो।


बाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थको सहज आपूर्तिको लागि अन्तर्राष्ट्रिय मूल्यसंग नेपालमा पेट्रोलियमको स्वचालित मूल्य समायोजनको तयारी अन्तिम चरणमा पुगेको छ।


डलर महंगो भएको बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर ११२ डलर नाघेकोले जनवरी महिनामा पेट्रोलियम किन्दा पौने दुई अरब रुपैयाँ घाटा हुने अनुमान नेपाल आयल निगमको छ।

 

निगमका प्रवक्ता मुकुन्द ढुंगेलका अनुसार बुधबारको मुल्य बृद्धीले पनि घाटा कम हुदैन।