विश्व बैंकद्धारा विश्वव्यापी अर्थतन्त्र एकदमै कठिन चरणमा प्रवेश गरेको ठहर

विश्व बैंकले पछिल्लो”विश्वव्यापी अर्थतन्त्रको अवस्था “नामको प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनले यसवर्ष तथा आगामी वर्षको विश्वव्यापी अर्थतन्त्रको वृद्धिदर 2.5% र 3.1%मा रहने र विश्वव्यापी अर्थतन्त्र एकदमै कठिन चरणमा प्रवेश गरेको ठहर लिएको छ।

गतवर्षको जून महिनामा सार्वजनिक गरिएको प्रतिवेदनमा विश्व बैंकले सन् 2012 र 2013को विश्वव्यापी अर्थतन्त्र छुट्टछुट्टैरुपमा 1.1% र 0.5%ले वृद्धि हुने अनुमान पनि गरेको छ।

विश्व बैंकले सन् 2012 मा विकसित मुलुकको आर्थिक वृद्धिदर 1.4% हुने अनुमान गरेको छ। जुन गतवर्षको जूलाई महिनाको अनुमानका तुलनामा 1.3%ले तल झरेको छ।