पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुर्शरफले पाकिस्तान सरकारले आफूबिरुद्ध पक्राउ पूर्जी जारी गरिएतापनि कुनै पनि हालतमा पाकिस्तान फर्कने अडान लिएका छन् । केही सन्चारमाध्महरुले आफू स्वदेश नफर्कने भनी गरेको प्रचारको खण्डन गदै मुर्शरफले यही जनवरी २७ वा ३० मा कुनै पनि हालतमा स्वदेश फर्कने जनाएका छन् । मुर्शरफले पाकिस्तानी अदालत सामू आफू पेश नभएका कारण आफू बिरुद्ध पक्राउ पूर्जी जारी भएको स्पष्ट पार्दै पाकिस्तान फर्कने बित्तिकै आफै अदालतमा पेश हुने बताएका छन् ।
बेनेजीर भुट्टोको हत्याकाण्डमा आफनो कुनै संलग्नता नभएको ठोकुवा गर्दै उनले आरोपको खण्डन गरेका छन् । यसअघी उनीमाथि पाकिस्तानको संघीय जाँच एजेन्सीले पूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोको हत्या लगत्तै घटनास्थलमा रहेको रगतको टाटोलाई पखाल्न लगाउनुकाले हत्याकाण्डमा उनको संलग्नता रहेको आरोप लगाएको थियो ।