नाइजेरियाको उत्तरी शहर कानोमा गराइएको श्रृंखलावद्ध विष्फोटमा १२० जना मारिएका छन् । जहाँ लगातार ६ वटा विष्फोट गराइएको थियो । विष्फोट प्रहरी मूख्यालयका साथै प्रहरीकै अरु दुई कार्यालय, पासपोर्ट कार्यालयलगायत स्थानमा गराइएको थियो ।
त्यसक्रममा गोली हानाहान पनि भएको थियो । मारिनेमा तीन जना सरकारी अधिकारी र एक नाइजेरियाली टेलिभिजनका पत्रकार पनि रहेको जनाइएको छ ।
घटनाको जिम्मेवारी इस्लामिक उग्रपन्थी संगठन बोको हरामले लिएको छ । हरामले सरकारले पक्राउ गरेका आफ्ना साथीहरु छुटाउनका लागि विष्फोट गराएको जनाइएको छ । पश्चिमी शिक्षा बन्द गराउने र इस्लामिक जरिया कानुन लागु गर्नुपर्ने माग उक्त संगठनको छ ।