विश्वभर तेलको संकट देखिएका बेला पेट्रोलियम पदार्थको निर्यातकर्ता देश दक्षिणी सुडानले तेल उत्पादन बन्द गर्ने

विश्वभर तेलको संकट देखिएका बेला पेट्रोलियम पदार्थको निर्यातकर्ता देश दक्षिणी सुडानले तेल उत्पादन बन्द गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भएको छ ।

 

विश्वकै सबैभन्दा कान्छो देशले यस्तो तयारी गरेपनि यसका लागि केही समय लाग्ने बताइएको छ । दक्षिणी सुडान र सुडानबीच तेल प्रशोधनका लागि लाग्ने शुल्कबारे विवाद गहिँरिएपछि दक्षिणले यस्तो घोषणा गरेको हो ।

 

दक्षिणसँग तेल प्रशोधनकालागि आफ्नै कम्पनी नभएको र सुडानले लिँदै आएको शुल्कप्रति चित्त नबुझेपछि यो संकट देखिएको हो । अमेरिकालगायतका पश्चिमी देशले इरानको तेल नकिन्ने घोषणा गरेलगत्तै विश्व तेल बजारमा पेट्रोलियम पदार्थको भाउ अकासिएका बेला सुडानको निर्णय कार्यान्वयन भए नयाँ संकट उत्पन्न हुनसक्नेछ ।