कोलम्बियाका राष्ट्रिपतिले माफी मागे

कोलम्बिया, १० माघ कोलम्बियाका राष्ट्रपति जुआन मैनुअलले सान्तोसले १३ वर्ष अघि एक गाउँमा भएको हत्याप्रति देशको तर्फबाट माफी मागेका छन् । कोलम्बियाको तिगरे भन्ने गाउँमा दक्षिणपन्थि अर्घसैनिक बलले ५० जनाको हत्या गरेका थिए ।  
 
राष्ट्रपतिले भनेका छन् ूउक्त घटना निकै दुःखदायी थियो, घटना नहुनु पर्ने थियो ।ू युनाइटटेड सेल्फ फोर्सेसले उक्त गाउँका ५० जनालाई वामपन्थि बिद्रोहीका समर्थक भएको आंशकामा गोली हानी हत्या गरेका थिए ।  
कोलम्बियामा वामपन्थि बिद्रोहीविरुद्ध लड्का लागि गठित दक्षिण अर्धसैनिक बलले धेरै स्थानका धेरै जनालाई वामपन्थि विद्रोहीका समर्थक भएको आंशकामा हत्या गरिसकेका छन् ।