यमनका राष्ट्रपति अब्दुल्लाह सालेहले देश छाडेपछि जनताले खुशियाली मनाएका छन् । राजधानी सानामा भेला भएका हजारौं नागरिकले नाचगान गरेका छन् ।
प्रदर्शनका क्रममा घाइते भएका राष्ट्रपति सालेहले देश छाडेपछि आफूहरुको जीत भएको भन्दै तानाशाहहरु एकपछि अर्को गर्दै ढल्दै जाने जनताले बताए । राष्ट्रपतिबिरुद्ध गत बर्षदेखि जनताले आन्दोलन गरिरहेका थिए ।
यमनी जनतासँग क्षमा माग्दै ३३ बर्षसम्म राष्ट्रपति रहेका सालेह ओमान हिँडेका छन् ।
प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका सालेह उपचार गर्न अमेरिका जाने बताइएको छ ।