अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीमा परी दुई जनाको मृत्यु भएको छ ।
सयभन्दा बढी घाइते भएका छन् ।
आँधीका कारण आलाबामा शहरमा घरहरु भत्कनुका साथै ठाउँ ठाउँमा बिजुलीका पोलहरु ढल्दा यातायात ब्यबस्था ठप्प भएको छ ।
थुप्रैं गाडीमा क्षति पुगेको छ । आँधीको प्रभाव ओक ग्रोभ शहरमा पनि परेको छ ।
सो शहरमा गत अप्रिलमा आएको टोर्नेडोज आँधीका कारण २ सय ४० जनाको मृत्यु भएको थियो । आँधी प्रभावित जनतालाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँँधी अझै केही दिनसम्म रहने मौसमबिदहरुले जनाएका छन् ।