ओबामाद्धारा ‘स्टेट अफ युनियन’ सम्बोधन, पुरानो अमेरिकी नीति कुनै हालतमा नस्वीकार्ने भनाइ


 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफनो कार्यकालमा धेरै उपलब्धि हासिल भएको तर्क दिंदै पुरानो अमेरिकी नीति कुनै हालतमा नस्वीकार्ने जनाउनु भएको छ ।

 

संसदको दुबै सदनलाई सम्बोधन गर्दै ओबामाले मेहनत गर्ने अमेरिकी जनताका लागि हुने अर्थव्यवस्था आफूले चाहेको बताउनुभएको छ ।

 

आफूले सत्ता सम्हाल्दा अमेरिकाको अर्थव्यवस्था निकै खस्केका कारण सयौं नागरिक बेरोजगार बनेकोमा नयाँ नीति तय गरी यसलाई उकासेको उहाँको भनाइ थियो । ओबामाले अमेरिकी जनतालाई रोजगार दिने कम्पनीलाई हरतरहको सहयोग गर्ने बचन पनि दिनुभयो ।