– वीरेन्द्र केसी
अर्घाखाँची – वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिटयान्स जिल्लामा दैनिक एक करोड रुपैयाँ भन्दा बढी भित्रिने गरेको छ ।
जिल्लामा सचालनमा रहेको बैक तथा मनी टान्सफरहरुमा रकम झिक्नेको भीड लाग्ने गर्छ । सदरमुकामका बैकहरुमा ६० प्रतिशत र जिल्ला वाहिरका बैकहरुबाट ४० प्रतिशत रेमिट्यान्स भित्रिने गरेको छ । विदेशबाट आफन्तहरुले पठाएको रकम बैक तथ रेमिटयान्सबाट छिटोछरितो भुक्तानी दिएका छन ।
साईन डेभलपमेण्ट बैकका शाखा प्रवन्धक बुद्धिजीवन भुसालका अनुसार महिनैपिच्छे रेमिटयान्स बढदै गईरहेको छ । प्रत्येक महिना १५ प्रतिशतका हिसाबले रेमिटयान्स बढिरहेको उनले बताए । बैकमा सबैभन्दा बढी कारोवार रेमिटयान्सको हुने गरेको छ उनले भने दैनिक ४५ लाख भन्दा बढी रकम वितरण भएको छ । दैनिक १५ देखी ५० जनासम्म रकम लिने गरेका छन । जिल्लामा रहेका वाणिज्य बैक र सात विकास बैकले रकम वितरण गरेका छन । जिल्लाको पुरानो विकास वैक शाईनले सबैभन्दा बढी रेमिटयान्स वितरण गर्छ । वाणिज्य बैक सहित सन्धिखर्कमा रहेका ८ बैक तथा एक दर्जन भन्दा बढी मनी टान्सफरहरुले ६० लाख रुपैयाँ जति वितरण गर्दै आएको उनीहरुले जनाएका छन जिल्लामा वाणिज्य सहित साईन भृकुटी एभरेष्ट बैक अफ काठमाण्डौ आईएमई एनआईसी मेगा लगायत विकास बैक तथा एक दजर्नन मनी टान्फरहरुले रकम वितरण गरेका छन । एनआईसी बैंकका शाखा प्रवन्धक डिल्लीराज खनालका अनुसार रेमिटयान्स दैनिक ५ लाख रुपैयाँ जति रेमिटयान्स भित्रिने गरेको बताए ।
आईएमईले दैनिक १० लाख रुपैयाँसम्म वितरण भैरहेको बताएको छ । सबैभन्दा बढी कतार मलेसिया दुवई भारत साउदी अरब अमेरिका जापान कोरिया लगायतका देशहरुबाट दशैमा अत्यधिक रकम भित्रिने गरेको उनले बताए । बैकमा रेमिटयान्सको कारोवार बढी हुने गरेको छ एभरेष्ट बैकका शाखा प्रवन्धक राजन ज्ञवालीले भने दैनिक ५ लाख भन्दा बढी रकम भुक्तानी भैरहेको छ । सबैभन्दा बढी भारतबाट रकम आउने गरेको उनको भनाई छ । जिल्लामा एक दर्जन विकास बैक र १६ मनीटान्सफरहरु सचालनमा छन ।
सन्धिखर्क मात्रै नभएर जिल्लाको पायक पर्ने जिल्लाको सीमानाका सर्वसाधारणले गुल्मीको रेसुङ्गा गुल्मी विकास बैंक लगायत पाल्पा कपिलवस्तु दाङ्ग बुटवल प्युठान लगायतका जिल्लाबाट पनि उत्तिकै संख्यामा रकम भित्रिएको छ । लुम्बिनी अञ्चलमै अर्घाखाँचीमा बढी रेमिटयान्स भित्रिने जिल्ला अन्तरगत पर्छ । यहाँबाट घरैपिच्छेका पुरुष तथा महिलाहरु रोजगारको लागि विदेशिएका छन । यस वर्षको दशैका बेला जिल्लामा दैनिक ६ करोड रेमिटयान्स भित्रिएको थियो । छ वर्ष देखि जिल्लामा मनी टान्सफर र तीन वर्ष देखि विकास बैकहरु खुलेकाले सर्वसाधारणलाई बैकबाट आफतहरुले पठाएको रकम झिकेर लैजान सजिलो भएको छ ।
बैकमा सुरक्षित भएकाले रकम बैक मार्फत पठाएर आफु सित्तै आउने गरेको हुन । गाउँका सबै युवा तथा पुरुष र केही महिलाहरु विदेशिएपछि बुढाबुढी मात्रै देखिने गरेकाले गाउँ सुनसान हुने गरेको खनका बासु खनालले बताए ।
सरदरमा दैनिक ३० जनाले राहदानी बनाउने गरेको प्रशासनको राहदानी फाँटले जनाएको छ । अर्घाखाँचीमा घरैपिच्छे वैदेशिक रोजगारमा छन । तुलनात्मक हिसावले गाउँका ९० प्रतिशत युवा वैदेशिक रोजगारमा छन । अधिकाश घरका ५,६ जनासम्म वैदेशिक रोजगारमा छन । वैदशिक रोजगारीमा जानेको संख्या बढदै गएकाले रेमिटयान्स भित्रनेक्रम पनि बढदै गएको हो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.