भारतको पुणेमा एक व्यक्तिले अनियन्त्रित रुपमा जथाभावी व्यस्त शहरमा बस चलाउँदा कम्तिमा नौ जना मारिएका छन् ।
सन्तोष माणे नामको व्यक्तिले बस व्यस्त सडकमा दौडाएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४० भन्दा बढी कार क्षतिग्रस्त भएको बताइएको छ ।
बसमा चालक नभएको मौका छोपी माणेले अचानक बस आफ्नो नियन्त्रणमा लिएर करिब एक घण्टा सम्म सडकमा दौडाएको थियो ।
माणेले बस किन नियन्त्रणमा लिएर जथाभावी चलाए भन्ने खुल्न सकेको छैन ।