पपुआ न्यू गिनीको पहाडी क्षेत्रमा गएको पहिरोमा परि ४० जनाको मृत्यु भएको छ । मेन्डी क्षेत्रमा गएको पहिरोमा दुई गाउँ पूरै प्रभावित भएको बताइएको छ ।
प्राकृतिक ग्यास योजना रहेको उक्त क्षेत्रमा २० भन्दा बढी मानिस अझै हराइ रहेकाको राष्ट्रिय विपत्ति केन्द्रले जनाएको छ ।
करिब एक किलोमिटर माथिको पहाडबाट खसेको पहिरो अहिलेसम्मकै ठूलो मानिएको छ । पहिरो प्रभावितको उद्धार र राहत तिब्र पारिएको अधिकारीहरुले जनाएका छन् ।