फिजीमा हालै गएको बाढीपहिराबाट प्रभावित सयौं घरबारबिहीन बिरामी पर्न थाले

फिजीमा बाढी पहिरोफिजीमा हालै गएको बाढीपहिराबाट प्रभावित क्षेत्रका जनता स्वस्थ पीउने पानीको अभावमा बिरामी पर्न थालेको छन् ।

 


बाढीमा घर बगाएकाहरुलाई फिजी सरकारले अस्थायी शिवीर बनाई राखे पनि पीडितहरु स्वस्थ पीउने पानीको अभावमा बिरामी परेका हुन् ।

 


विरामी हुनेहरु मध्ये अधिकांशको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । फिजीमा केही दिनअघि गएको बाढीमा परी छ जनाको मृत्यु भएको थियो भने सयौं घरबारबिहीन बनेको थिए ।

 


बाढीका कारण सयौं हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट भएको थियो । यसैबीच, फिजी सरकारले बाढीपहिरो पिडीतहरुका लागि पीउने पानी उपलब्ध गराउन बिश्वका धनी राष्ट्रहरु समक्ष अपील गरेको छ ।