सिरियामा जारी हिंसा अन्त्य गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा प्रस्तावित मस्यौदामाथि व्यापक छलफल भएको छ । प्रस्तावको मस्यौदामा राष्ट्रपति बशार अल असादलाई राष्ट्रिय एकताको सरकारमा रहेर काम गर्न सक्ने दोस्रो तहका नेतालाई सत्ता हस्तारणका लागि आग्रह गर्ने अरब लीगको योजना अनुमोदन गरिएको छ ।
तर रुसले भने प्रस्तावका केही बुंदालाई लिएर समर्थन नगर्ने जनाएको छ । रुसले सिरियामाथि विदेशी हस्तक्षेप भएमा साम्प्रदायिक हिंसा र गृहयुद्ध भड्कने भन्दै चिन्ता जनाएको छ । यता अरब लीगका देशहरुले अपील गरेमा रुस र चीन सिरिया विरुद्धको प्रस्तावमा फेरि भिटो प्रयोग नगर्ने देखिएको विश्लेषण समेत गरिएको छ ।
सुरक्षा परिषद्मा यो मस्दौदामाथि आगामी साता मतदान हुनेछ । यसैबीच सिरियामा जारी हिंसामा पछिल्लो दुई दिनमा मात्र १ सय २० जना भन्दा बढी मारिइसकेका छन् । प्रदर्शनकारीहरुले राजनीतिक सुधार, लोकतान्त्रिक सरकार गठन र राष्ट्रपति असादको राजीनामा माग गर्दै लगातार प्रदर्शन गरिरहेका छन् । सरकारले सेना परिचालन गरि प्रदर्शनकारी विरुद्ध दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले व्यापक निन्दा गरिररहेका छन् । तर असाद भने अझै राजीनाको पक्षमा देखिएका छैनन् । सिरियामा मार्च यताको सरकार विरोधी प्रदर्शनमा ५ हजार भन्दा बढी मारिइसकेका छन् ।