– वीरेन्द्र केसी
अर्घाखाँची – वाङलाकी ५६ वर्षीय मिना बस्नेतको जीवनशैली बदलिएको छ । सधै घरको चुलो चौको र घाँसपातमा व्यस्त रहने उनी अहिले छिटो छिटो काम सकेपछि पुस्तकालय जाने गर्छिन । गफ गरेर वित्ने समय अहिले गाउँमै खुलेको पुस्तकालयमा गएर दैनिक पुस्तक पढनमा व्यस्त रहँदा उनको जीवनशैलीमा आमुल परिवतर्न आएको छ ।
वाङलाको नाङ्गेठाटीमा रहेको मोती पुस्तकालय खुलेपछि गाउँका गृहणीको जीवनशैलीमा परिवर्तन आएको हो । गाउँका अधिकाश महिलाहरु दिनहँु पुस्तकालयमा गएर किताब र पत्रिपत्रिका पढेर ज्ञान प्राप्त गर्ने मौका पाएका छन । घाँसपात र घरको काम सकिएनासाथ मिना मात्रै नभएर गाउँका धेरै महिला पुस्तकालय धाउने गर्छन । महिलाले पुस्तकालय गएर ज्ञान प्राप्त गर्न थालेपनि परिवार र गाउँ पनि शिक्षित हुन थालेको छ । घरको काम गर्ने भन्दा अरु केही थाहा थिएन देशमा के भईरहेको छ लगायतका ज्ञानका कुरा थाहा थिएन उनले भनिन तीन वर्षदेखी दैनिक दुई घण्टा पुस्तकालयमा गएपछि धेरै सिके । प्रौढ शिक्षाबाट अक्षर चिन्न सकेपछि यस्ता किताब पढन रुचि बढेको उनको भनाई छ । कानुन महिला हक अधिकार समाजमा गर्न नहुने काम अरुलाई गर्नेपर्ने समान व्यावहार र आफनो गाउँमा विकास निर्माणका काम कसरी गर्ने लगायत थुप्रै कुरा सिक्दैछु उनले भनिन ।
मिना जस्तै ४२ वर्षीय राधा भटराईको जीवनशैली पनि फेरिएको छ । विहान उठेदेखी घरमै व्यस्त हुन्थे तर फुस्रद मिलाएर दिनमा १ घण्टा सधै पुस्तकालय जान्छु त्यहाँ म जस्तै धेरै महिला बुहारी र बुढाबुढीहरु पुस्तक पढन र सुन्न आएका हुन्छन । ४२ वर्षको उमेरमा जीवनको सहयात्री पुस्तक भएको छ उनले भनिन दुई वर्ष अघि पुस्तक पढनुपर्छ भन्ने थाहा थिएन गाउँका सबै महिला दैनिक जाँदा रमाईलो हुने गर्छ । पुस्तक पढेपछि समसामयिक विषय र देशको राजनीतिक अवस्थाको बारेमा छलुफल गर्ने गर्छौ उनले भिनन पत्रिकामा छापिएर समाचार र लेख सामुहिक बसेर पढने र छलफल गर्ने गर्छौ । उनीहरु संविधान लेख्नुको सट्टा दलहरु आफसमा खिचातानी र सत्तामा को पुग्ने भन्ने हानथापमा लागेकोमा चिन्तित छन ।
पुस्तकालयकी लाईबेरियन सहयोगी सावित्रा भटराईका अनुसार गाउँबाट दैनिक २५ देखी ३५ जना महिला पुस्तक पढन धाउने गरेको बताईन । किताब पढन नसक्ने महिलाहरु पनि अरुलाई पढन लगाएर निकै चासोपुर्वक सुन्ने गर्छन । पुस्तकालयमा ऐन कानुन धार्मिक सास्कृतिक नाटक कविता कथा साहित्य रचना राजनीतिक दर्शन विज्ञान सामाजिक क्याम्पस लगायत २१ सय ७४ थान विभिन्न थरिका पुस्तक रहेको उनले बताईन । गत साल एशिया फाउण्डेशन काठमाडौले २ सय थान दिएको थियो । विभिन्न संघ सस्था र व्यक्तिको सहयोगमा पुस्तक थपिदै गएका छन । पुस्तक पढन बच्चा देखी हजुर आमासम्मका आउने गर्छन । विहान उठेर काम गरेपछि दिउसो तीन चार बजेदखी ६ बजेसम्म गाउँका छोरीबुहारीहरु पपुस्तकालय जानेको सख्या दिनहुँ बढदै गएको छ ।
प्र्रायः जसो धेरै गृहणीहरु दैनिक पुस्तकालय धाउने गरेको वाङला गाविसका पुर्व उपाध्यक्ष रिऋव अधिकारीले बताए । पुस्तकालय धाउन थालेपछि महिलाहरुको बोली व्यावहार समेत परिवर्तन भएको बताए । यसरी पुस्तकालय आएर पुस्तक र पत्रपत्रिका पढने महिलाको संख्या दुई सय भन्दा बढी रहेको अनुमान छ । २०२३ सालमा स्थापना गरिएपनि पुस्तक अभावमा साचालनमा आएको थिएन । यो पुस्तकालय सात वर्षदेखी खुल्ने गरेको छ । वाङलाका स्थानीय समाजसेवी मोती प्रसाद भुसाललाई पचायतकालमा बहुदलीय प्रजातन्त्रको पक्षमा लागे प्रहरीले घरबाटै पक्राउ गरेर गुल्मीमा लगि गोली हानेर हत्या गरेपछि उनको सम्झनामा गाउँलेको सहयोगमा उनकी आमा गोमताले मोती पुस्तकालय स्थापना गरेकी हुन । पुस्तकालयमा पुरुष्को तुलनामा महिला बढी आउने गर्छन । पुस्तकालयमा पढन जाने बानी परेपछि गाउँमा पनि झै झगडा हुन छाडेको छ स्थानीय कमला खनालले भनिन पुस्तक पढन थालेपछि महिलामा सचेतना र शिक्षित भएको छ । महिलाको दैनिक जीवनशैलीमा समेत परिवर्तन आउँदा आएको छ ।
पुस्तकालयलाई स्थानीय वाङला गाविसले सामान्य सहयोग गरेको छ । पुस्तकालयमा कम्प्युटर भएपनि पढाउने मास्टन राख्ने आर्थिक स्रोत नहुँदा कम्प्युटर सिक्ने गृहणीको ईच्छा पुरा हुन सकेको छैन । केही कुरा जान्न नसक्ने पनि पुस्तकालय जान थालेपछि टाठाबाठा हुनुको साथै नियम कानुन हक अधिकार राजनीतिक गतिविधि सामाजिक सस्कार लगायतका बारेमा बहस गर्न सक्ने भएको जीवनोद्धार उमाविका प्राचार्य मुक्तिराम भण्डारीको भनाई छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.