आयको असमान वितरणको विरोधमा अमेरिकाको अक्ल्याण्डमा ब्यापक प्रदर्शन

अमेरिकाको अक्ल्याण्डमा ब्यापक प्रदर्शन कयौं घाइते र  पक्राउ


आयको असमान वितरणको विरोधमा अमेरिकाको अक्ल्याण्डमा ब्यापक प्रदर्शन भएको छ ।

 

कर्पोरेट संस्थाहरुको अति व्यवसायीकरण, मुनाफाखोरी र सरकारी खर्च कटौतीको विरोधमा वाल स्ट्रिट कब्जा गरौं नाम दिएर गत सेप्टेम्बरमा शुरु भएको प्रदर्शन केही महिनाका लागि रोकिएकोमा अहिले फेरि शुरु भएको हो ।

 

अमेरिकाका विभिन्न शहरमा आर्थिक असमानता र ठूला कर्पोरेट हाउसहरुलाई बढी महत्व दिने नीति तथा धनी र गरीबबीचको बढ्दो खाडल विरुद्ध प्रदर्शनमा उत्रेकाहरुमाथि प्रहरीले धरपकड गर्दा कयौं प्रदर्शनकारी घाइते भएका छन् । अमेरिकामा एक प्रतिशत धनी बिरुद्ध ९९ प्रतिशतलाई बचाउने अभियानमा लागेको प्रदर्शनकारीहरुको भनाई छ । प्रदर्शनका क्रममा कयौं पक्राउ परेका छन् ।