भारतको पन्जाव र उत्तराञ्चलको विधान सभाका लागि चुनाव

भारतको पन्जाव र उत्तराञ्चलको विधान सभाका लागि आज चुनाव हुँदैछ । पन्जावको ११७ र उत्तराञ्चलका ७० सीटका लागि चुनाव हुन लागेको हो । चुनावका बेला अप्रीय घटना नहोस् भनी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

 

 पन्जावमा एक करोड ७६ लाख मतदाताले भाग लिने अनुमान छ ।

 

पन्जावमा एक हजार ७८ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यहाँ कांग्रेस र अकाली दलबीच मूख्य प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी उत्तराञ्चलमा भने ६३ लाख जनताले मतदान गर्दै छन् ।

 

त्यहाँ भारतीय जनता पार्टी र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । उत्तराञ्चलमा सात सय ८८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।