इरानको परमाणु कार्यक्रमको अनुगमन गर्न अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीका निरीक्षकहरु इरान पुगेका छन् । इरान र पश्चिमा मुलुकबीच इरानको परमाणु कार्यक्रमका विषयमा तनाव भैरहेका बेला उनीहरु इरान पुगेका हुन् ।
परमाणु उर्जा एजेन्सीका महानिर्देशक युकिया अमानोले यो भ्रमणबाट इरानको परमाणु कार्यक्रमबारे विश्व समुदाय स्पष्ट हुने प्रतिक्रिया दिए । इरानले आफनो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको बताउँदै आएको छ भने अमेरिकालगायतका पश्चिमा राष्ट्रले परमाणु कार्यक्रमलाई अनधिकृत भन्दै रोक्नुपर्नेमा दबाब दिंदै आएका छन् ।
यसैको निहुँमा अमेरिकालगायत युरोपेली मुलुकले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।