सिरयाली बर्बर शासनलाई साथ दिने नदिनेबारे निर्णय लिन अमेरिकाले विश्वका सबै देशलाई अपील

अमेरिकाले सिरयाली राष्ट्रपति बसर अल असदले शासनमा नियन्त्रण गुमाउँदै गएकाले सत्ता छाड्न आग्रह गरेको छ । सिरयाली बर्बर शासनलाई साथ दिने नदिनेबारे निर्णय लिन अमेरिकाले विश्वका सबै देशलाई अपील पनि गरेको छ । सुरक्षा परिषदमा विकल्पबारे सोचिरहेका देशले यो प्रष्ट बुझ्नु जरुरी छ की असद कुनै न कुनै बेला सत्ताबाट निकालिने अमेरिकाले भनेको छ ।


तर रुसले भने असदलाई अपदस्थ गर्न संयुक्त राष्ट्र संघमा आउने जुनसुकै खाले प्रस्तावको पनि विरोध गर्ने जनाएको छ । अरब लीगले ल्याएको र अमेरिका, वेलायत र फ्रान्ससहित पश्चिमा जगतले समर्थन गरेको सिरयाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने खालको प्रस्तावको पनि रुसले विरोध गरेको छ ।यसैबीच हिजो मात्र राजधानी दमास्कस र होम्स शहरमा प्रदर्शनमा उत्रेका ९५ जना मारिएको प्रदर्शनकारीहरुले जनाएका छन् ।