पाकिस्तानको एक चेक प्वाइन्टलाई घेरा हाली चरमपन्थीहरुले गरेको आक्रमणमा परि कम्तिमा २६ जना मारिए

पाकिस्तानमा चरमपन्थीहरुको आक्रमण, कम्तिमा २६ जना मारिए


पाकिस्तानको उत्तर पश्चिम कुर्रम आदिवासी क्षेत्रमा रहेको सेनाको एक चेक प्वाइन्टलाई घेरा हाली चरमपन्थीहरुले गरेको आक्रमणमा परि कम्तिमा २६ जना मारिएका छन् ।

 

मारिनेहरुमा ६ सैनिक र बांकी सबै चरमपन्थी आक्रमणकारी रहेको अधिकारीहरुले जनाएका छन् । तालिवानसंग सम्बन्ध रहेका चरमपन्थीको आक्रमणपछि दुबै पक्षबीच व्यापक गोली हानाहान भएको थियो ।

 

आक्रमणमा अरु धेरै घाइते भएका छन् ।

 

तालिवानविरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको पाकिस्तानी सेनाले जोगी नामको पहाडि क्षेत्रमा आफ्नो पकड मजबुत बनाउने कोशिस गरिरहेको छ ।

 

गत हप्ता मात्र यही क्षेत्रमा सेना र चरमपन्थीबीचको आक्रमणमा २३ जना मारिएका थिए ।