यूरोपमा ऋण संकट चुलिंदै , बेरोजगारीमा नयाँ रेकर्ड कायम

सन् २०११ को अन्त्यमा यूरोजोनमा बेरोजगारी दरले नयाँ रेकर्ड कायम गरेको यूरोस्टाट एजेन्सीले जनाएको छ ।

 

यूरो एकल मुद्रा चलाउने युरोजोनका १७ मुलुकहरुमा गत डिसेम्बरमा बेरोजगारी दर १० दशमलब ४ प्रतिशत रहेको थियो जबकि नोभेम्बरमा यो आँकडा १० दशमलब ३ प्रतिशत थियो ।

 

यूरोजोनका मुलुकहरुमा डिसेम्बर महिनामा बेरोजगारी संख्या बढेर ७ लाख ५१ हजार मानिस पुगेको युरोस्टाटले उल्लेख गरेको छ ।

 

यूरोजोनमा सबैभन्दा बढी स्पेनमा २२ दशमलब ९ प्रतिशत बेरोजगारी दर रहेको छ भने अष्ट्रियामा सबैभन्दा कम ४ दशमलब १ प्रतिशत रहेको छ ।

 

यूरोपमा ऋण संकट चुलिंदै गएपछि सन् २०११ भरीनै त्यहाँ बेरोजगारी उच्च बनेको थियो ।