सरकारी निर्णयको विरुद्ध अर्घाखाँचीका पत्रकारद्धारा धर्ना


 

– प्रेमनारायण आचार्य


अर्घाखाँची १८ माघ । सूचना वर्गीकरणसम्बन्धी सरकारी निर्णयको विरुद्धमा उत्रिएको नेपाल पत्रकार महासङ्घले गरेका आन्दोलनका कार्यक्रम अन्तर्गत आज नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अर्घाखाँचीलॆ पनि सरकारी निर्णयका विरुद्धमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा धर्ना दिएको छ । 


सूचना पाउने अधिकारको रक्षाको लागि पत्रकार महासङ्घ आन्दोलनमा उत्रनु परेको र विरोध स्वरुप आज हातमा कालो पट्टी बाधेर १० बजे देखि बिहान ११ बजे सम्म जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा १ घण्टा धर्ना दिईएको महासंघका  शाखा सचिब प्रेमनारायण आचार्यले बताउनुभयो ।

 

धर्ना कार्यक्रम पछि भएको बिरोध सभामा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हिमबहादुर जिसि लेकाली  सचिब प्रेमनारायण आचार्य महासंघका पुर्ब अध्यक्ष नीमबहादुर रिजाल प्रेस युनियनका अध्यक्ष सुर्यप्रसाद भुसाल क्रान्तीकारी पत्रकार संघका सचिब गणेश खनाल प्रेस चौतारीका अध्यक्ष पार्बता श्रेष्ठ प्रगती शिल पत्रकार महासंघका अध्यक्ष ईन्द्रमणि भुसाल लगायतले मन्तब्य राखेका थिए ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

















अन्य समाचारहरु