युरोपमा अत्यधिक चिसोको कारण एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
पछिल्लो पटक मात्र थप २९ जनाको मृत्यु हुँदा त्यहाँ मर्नेको संख्या एक सय १० पुगेको खबर छ । अधिकारीहरुका अनुसार युक्रेनमा मात्र थप २० जना मारिएका छन् ।
पोल्याण्डमा नौं जनाको मृत्यु भएको छ भने तापक्रम माइनस ३० डिग्रीबाट पनि ओरालो लागेको जनाइएको छ । युक्रेनमा मात्रै ६३ र पोल्याण्ड २९ जनालाई चिसोले मृत्युको मुखमा पु-याइसकेको छ । सर्वियामा अत्यधिक हिमपात हुँदा दूरदराजका ११ हजार व्यक्तिको मूख्य भूमिबाट विच्छेद भएको जनाइएको छ ।
कतिपय स्थानमा दुई मिटरसम्म हिमपात भएको जनाइएको छ । सबैभन्दा बढी वृद्ध र बालबालिका चिसोको मारमा परेका छन् । इटालीमा २७ वर्ष यताकै बढी चिसो भएको खबर छ । रुसको साइबेरियामा माइनस ४० डिग्री तापक्रम पुगेको छ ।