भारतको असाममा रेल दुर्घटना हुँदा चारको मृत्यु भएको छ भने ५० भन्दा बढी घाईते भएका छन् । असामको कामरुप जिल्लामा गुवाहाटी नामक स्थानीय रेल रेलमार्गमा फसेको सानो डोजरसंँग ठोक्किएर दूर्घटना भएको हो ।
घाइतेहरु मध्ये अधिकांशको अवस्था गम्भीर छ ।
घटनालगत्तै उद्धारकार्य तीब्र बनाईएको छ ।
रेलमा दुईसय भन्दा बढी यात्रु रहेको बुझिएको छ । राज्य सरकारले मृत्यु हुनेहरुका परिवारलाई उचित राहत दिने जनाएको छ ।