अमेरिकी सेनाले विकिलिक्सलाई हजारौं गोप्य दस्तावेज दिने सेनाका ब्रेडली म्यानिंगलाई कोर्ट मार्शलको सजायँ

अमेरिकी सेनाले विकिलिक्सलाई हजारौं गोप्य दस्तावेज दिने सेनाका ब्रेडली म्यानिंगलाई कोर्ट मार्शलको सजायँ हुन सक्ने जनाएको छ ।

 

तर कोर्ट मार्शलको समय भने निश्चित नगरिएको सेनाले विज्ञप्तिमार्फत् जनाएको छ । म्यानिंगले विकिलिक्सलाई गोप्य दस्तावेजहरु इन्टरनेटमा प्रकाशित गर्नसक्ने गरी उपलब्ध गराएका थिए ।

 

इराकमा काम गरिसकेका अमेरिकी सेनाका गुप्तचर विश्लेषक २४ वर्षिय म्यानिंगविरुद्ध अमेरिकी सरकारको गोप्य दस्तावेज चुहाएको आरोप लगाइएको छ । उनी सन् २०१० को मे महिनामा पक्राउ परेका थिए । म्यानिंगविरुद्धको आरोप प्रमाणित भए उनले जन्मकैदको सजाय भोग्नु पर्ने हुन्छ ।

 

विकिलिक्सले अमेरिकी विदेश मन्त्रालयका गोप्य सूचना सार्वजनिक गरेर विश्व मै तहल्का मच्चाइसकेको छ ।