विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

आज फेब्रुअरी ४ तारिक अर्थात् विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । सबैले मिलेर गरे सम्भव छ भन्ने नारासहित विश्व क्यान्सर दिवस मनाइन लागेको हो । क्यान्सरका कारण विश्व प्रत्येक ६ सेकेण्डमा एक जनाको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ संगठनका अनुसार विश्वमा वर्षौनी १ करोड २७ लाखमा नयाँ विरामी भेटिन्छन् ।

 

नेपालमा भने वर्षौनी १५ देखि २५ लाख मानिसको सूर्ती र सूर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगका कारण मृत्यु हुने गरेको छ । नेपालमा करिव ७० हजार क्यान्सर रोगी रहेको र प्रत्येक वर्ष १५ हजार नयाँ रोगी थपिने गरेको तथ्याङक छ । क्यान्सर लाग्ने वित्तीकै उपचार गरिए निको हुने भए पनि ७० प्रतिशत विरामीहरु मात्र उपचारका लागि उन्तिममा अस्पतालमा जाने गरेको छन् ।

 

क्यान्सर सूर्ती जन्य पदार्थ तथा र अत्यधिक मदिरा सेवन गर्नेलाई रोग हो । त्यस्तै भुटेको, तारेको, चिल्लो बढी खाने तथा कम शारीरिक गतिविधि गर्नेलाई पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ ।