अमेरिकामा विभिन्न संगठनहरु शिया मुसलमानहरुको बारेमा गोप्य जानकारी संकलन गर्ने न्यूयोर्क प्रहरीको अभियानविरुद्ध प्रदर्शन

अमेरिकामा विभिन्न संगठनहरु शिया मुसलमानहरुको बारेमा गोप्य जानकारी संकलन गर्ने न्यूयोर्क प्रहरीको अभियानविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले प्रहरी अभियानको कानुनी अनुसन्धान हुनु पर्ने माग गरेका छन् । ३३ सरोकारवाला समुहले प्रहरीको संस्थागत दृष्टिकोण मुश्लिम समुदाय विरुद्ध भएको भन्दै यसले संगठनप्रतिको विश्वासलाई कमजोर पार्ने जनाएका छन् ।


हालै मात्र न्यूयोर्क प्रहरीको अभियानका बारेमा सार्वजनिक भएको आन्तरिक मेमोमा न्यूयोर्कका शिया समुदायका मानिसप्रति निगरानी राख्न सर्कुलर जारी गरिएको थियो । यो मेमो सन् २००६ को एक रिपोर्टको हिस्सा भएको बताइएको छ । जसमा न्यूयोर्क प्रहरीलाई शिया मस्जिद र मुश्लिम केन्द्रहरुमा गुप्तचरी बढाउन भनिएको छ । उच्च प्रहरी अधिकारीहरुले भने प्रहरीले वैधानिक कदमलाई मात्र ध्यान दिने जनाएका छन् ।