इजिप्टमा फुटबल हिंसामा ७४ जनाको मृत्यु भएपछि गरिएको विरोध प्रदर्शनका क्रममा भएको झडपमा कम्तिमा चार जना मारिए

इजिप्टमा हिंसात्मक प्रदर्शनमा कम्तिमा चार जना मारिए


इजिप्टमा बुधबार फुटबल प्रतियोगिताको क्रममा भएको हिंसामा ७४ जनाको मृत्यु भएपछि गरिएको विरोध प्रदर्शनका क्रममा भएको झडपमा कम्तिमा चार जना मारिएका छन् । कायरोमा भएको झडपमा एकजना प्रदर्शनकारी र एक सैनिकको मृत्यु भएको छ । अर्को शहर सुएजमा दुई जना मारिएका छन् । प्रदर्शनकारीहरुले विभिन्न सरकारी भवनमा आगो लगाएका छन् ।


प्रर्दशनमा उत्रिएका फुटबल प्रशंसकहरुले सरकारले रंगशालामा सुरक्षा नदिएको भन्दै आक्रोश पोखेका छन् । सैन्य सरकारले एकता र स्थिरता कायमै राख्न आह्वान गरेको छ । बुधबार पोर्ट सैद शहरमा फुटबल प्रतियोगिताका क्रममा अल अहमी क्लब स्थानिय अल मसरी क्लबसंग पराजित भएपछि अल अहमी क्लबका समर्थक आक्रमणमा उत्रिएका थिए । त्यस लगत्तै रंगशालामा भड्किएको हिंसाले उग्र रुप लिएपछि ७४ जनाको मृत्यु भएको थियो भने हजार भन्दा बढी घाईते भएका थिए । मृत्यु हुनेहरुमा धेरैजसो अल अहमी क्लवका समर्थक रहेको बताइएको छ ।