सिरिया विरुद्ध प्रस्तावमा रुस र चीनद्धारा भिटो प्रयोग


 

सिरियामा सरकार विरोधी प्रदर्शनमा गरिएको हिंस्रक कारवाहीको निन्दा गरिएको प्रस्तावविरुद्ध रुस र चीनले प्रस्ताव असन्तुलित भन्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा भिटो प्रयोग गरेका छन् । अरब र पश्चिमा मुलुकको समर्थन रहेको यो प्रस्तावमा सिरियाली राष्ट्रपति बशार अल असादले उपराष्ट्रपतिलाई राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सत्ता छोड्नु पर्ने मुख्य विषय रहेको छ । सुरक्षा परिषद्का १३ राष्ट्रद्धारा समर्थित अरब लीगले अगाडि सारेकोयो प्रस्तावमा सिरियामा राजनीतिक सुधार , प्रजातन्त्रिक प्रणाणी स्थापना गर्नु पर्ने उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली सरकारप्रति कडा आलोचना गरेपनि सुरक्षा परिषद्का यी दुई स्थायी सदस्यले प्रस्ताव विरुद्ध भिटो प्रयोग गरेका हुन् । रुसी विदेशमन्त्री सरजेई ल्याभरोभले प्रस्तावको निन्दा गर्दैै यसमा केबल सिरियाली राष्ट्रपति असादलाई मात्रै निशाना बनाइएको तर विपक्षी हतियारधारी समूहविरुद्ध कुनै कदम नउठाइएको बनाउनु भयो । रुसले प्रस्तावको मस्यौदामा थपघट गर्न गरेको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको थियो । पश्चिमा मुलुकले सिरिया सरकारको साथ दिएको भन्दै रुस र चीनको आलोचना गरेका छन् । अमेरिकाले भिटोलाई लज्जास्पद भएको प्रतिक्रिया दिएको छ ।


यसैबीच रुसी विदेशमन्त्री र गुप्तचर विभागका प्रमुख मंगलवार सिरियाली राष्ट्रपतिसँग भेटवार्ता गर्ने सिरिया जाने कार्यक्रम छ । उता सिरियाको छिमेकी मुलुक ट्युनिशियाले असाद सरकारसंग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेको छ । यसअघि सुरक्षा परिषद्मा प्रस्ताव माथि छलफल हुनु केही समय अघि मात्रै सिरियाको होम्स् लगायतका शहरमा भएका सरकार विरोधी प्रदर्शनका क्रममा २ सय भन्दा बढी मानिस मारिएको प्रदर्शनकारीहरुको दाबी छ ।