पेरुमा भारी बर्षापछी आएको बाढीले त्यहाँको जनजीवन कष्टपूर्ण

पेरुमा भारी बर्षापछी आएको बाढीले त्यहाँको जनजीवन कष्टपूर्ण भएको छ । बाढीको असर पेरुको दक्षिणी क्षेत्रमा परेको छ । घरघरमा बाढी पस्दा कयौं कम्तीमा सयवटा घर डुबानमा परेका छन् ।

 

पेरु सरकारले बाढीका कारण बिस्थापित बनेका सर्वसाधारणका लागि उचित बासस्थानको ब्यबस्था गरिएको छ । बाढीले गर्दा केही पुलहरु पनि भत्किएका छन् ।

 

यातायात ब्यबस्था प्रभावित हुनुका साथै हवाई तथा बिद्युत आपूर्ति बन्द भएका छन् भने पठनपाठन पनि ठप्प भएको छ । भारी बर्षा अझ केही दिनसम्म रहने त्यहाँका मौसमबिदहरुले जनाएका छन् ।