भारतको उत्तर प्रदेशमा आज बिधानसभाको चुनाव हुँदैछ । सात चरणसम्म चल्ने चुनावमा सबैको मतगणना एक महिनापछी हुनेछ । उत्तर प्रदेशको चुनावी परिणामले केन्द्रमा सत्तारुढ गठबन्धन युनाइटेड प्रोगेसिभ एलायन्सको समीकरण परिवर्तन हुन सक्ने अनुमान गरिएको छ । साथै चुनावमा उत्तर प्रदेशका मुख्यमन्त्री बहुजन समाज पार्टीलाई काँग्रेस र मुलायमसिंह यादबको समाजवादी पार्टीले कडा टक्कर दिने अनुमान पनि गरिएको छ ।
उत्तर प्रदेशसहीतका पाँच राज्यको पछिल्लो बिधानसभा चुनावले सन् २०१४ मा हुने संसदीय चुनावमा पनि महत्व राख्नेछ । बिधानसभा चुनावमा प्रकट हुने जनमतलाई उक्त संसदीय चुनावमा आउनसक्ने परिणामको सूचकका रुपमा हेरिएका छ । यसअघी काँग्रेस नेतृत्वको सरकारले उत्तर प्रदेशकै चुनावलाई ध्यानमा राखी पिछडिएको बर्गलाइ दिंदै आएको २७ प्रतिशत आरक्षणमा ४ दशमलव ५ प्रतिशत अल्पसंख्यकलाई दिने निर्णय गरेको थियो । चुनाबलाई ध्यानमा राख्दै भारतभर सुरक्षाब्यबस्था कडा तुल्याइएको छ ।