भारतको कर्नाटक राज्यको संसद्‍मा ब्लु फिल्म हेर्ने तीन मन्त्रीद्धारा राजीनामा


 

“संसद्‍मा ब्लु फिल्म हेर्ने कर्नाटक राज्यका तीन मन्त्रीले बुधबार राजीनामा दिएका छन् । संसद् चलिरहेकाबेला ब्लु फिल्म हेर्दैगर्दा समातिएका सहकारी मन्त्री लक्ष्मण सावदी, महिला तथा वाल कल्याण मन्त्री सीपी पाटिल र बन्दरगाह मन्त्री कृष्णा पालेमारले राजीनामा दिएका हुन् । भारतीय जनता पार्टी (बिजेपी)को निर्देशनमा उनीहरुले राजीनामा दिएका हुन् । तीनैजना बिजेपीका हुन् । यी मन्त्रीले विधानसभाको कारबाही चलिरहेकाबेला मोबाइलमा पोर्न भिडियो हेरिरहेका थिए । बन्दरगाह मन्त्री कृष्णा पालेमारको मोबाइलमा पोर्न भिडियो हेरिरहेको दृष्य कर्नाटकको स्थानीय न्यूज च्यानले देखाएका थिए ।”

 


बैङ्गलोर – भारतको कर्नाटक राज्यका तीन मन्त्रीमाथि संसद कारवाही चलिरहंदा मोबाइलमा अश्लिल भिडियो हेरेको आरोप लागेपछि उनीहरुले राजीनामा दिएका छन् । भारतीय जनता पार्टीको सरकारका सहकारी मन्त्री लक्ष्मण सवादीले कर्नाटक विधानसभाको बैठक चलिरहंदा पोर्न भिडियो हेरेको र अर्का मन्त्री सीसी पाटिललाई पनि देखाएको भेटिएको थियो । यस्तै सूचना तथा प्रविधि मन्त्री एवं मोबाइल कम्पनीका मालिक कृष्ण पालेमरले पनि राजीनामा दिएका छन् ।


यसअघि सीसी पाटिलले महिलाहरुले लगाउने लुगा उत्तेजक हुन नहुने भन्दै चर्को वकालत गरेका थिए । अश्लिल भिडियो काण्ड भएको भोलिपल्टै भाजपाले उनीहरुलाई राजीनामा गर्न निर्देशन दिएको थियो । अश्लिल भिडियो हेरेको आरोप लागेका मन्त्रीहरुले भने आफुहरुले त्यस्तो केही नगरेको दाबी गर्दै पार्टीलाई अप्ठेरो नपरोस् भनेर राजीनामा दिएको बताए । राजीनामा दिएपछि सूचनामन्त्री पालेमरले उक्त भिडियो क्लिप कसरी पठाइयो भन्ने कुरा आफुलाई जानकारी नभएको दाबी गरे । राजीनामा दिएका मन्त्रीहरुले घटनाको छानविनका लागि विधान सभाका सभामुख समक्ष माग गरेका छन् ।