सोमालियामा बम बिस्फोट हुँदा दुई सांसदसहित आठ जनाको मृत्यु भएको छ ।
राजधानी मोगादिशु नजिकैको होटलमा बिस्फोटक पदार्थले भरिएको कार बिस्फोट भएको बताइएको छ । सोही होटल बाहिर आफनो कार चढ्न खोज्दा दुई सांसद विष्फोटमा परेको सोमालियाली अधिकारीहरुले जनाएका छन् ।
बिस्फोटका कारण पार्किङमा राखिएका अरु केही गाडीमा पनि क्षति पुगको छ ।
घटनामा अरु दुई सांसदसहित ११ जना सख्त घाइते भएका छन् । घटनाको जिम्मेबारी हालसम्म कसैले नलिएपनि बिद्रोही समूह अल सवावको हात रहन सक्ने अनुमान गरिएको छ ।