काग्रेस खुमबहादुर खड्का सन्धिखर्कमा, माओबादी संबिधान निर्माणको बाधक रहेको भनाइ

– प्रेमनारायण आचार्य


अर्घाखाँची २६ माघ । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब गृह मन्त्री खुमबहादुर खड्कालॆ माओबादी शान्ती प्रकृया र संबिधान निर्माणको बाधक रहेको बताउनु भएको छ । उहाले माओबादीले सधैभर सम्झौता गर्ने तर ब्यबहारमा नउतारेका कारण  देशले निकास पाउन नसकेको बताउदै माओबादी संग हतियार र सेना राखेर  संबिधान नबन्ने जिकिर गर्नु भयो ।

 



  अर्घाखाँचीको सन्धिखर्कमा नेपाल प्रेस युनियन अर्घाखाँचीले  आयोजानमा गरेको पत्रकार सम्मेलनमा  बोल्दै काग्रेस नेता खड्काले  राजनितिक दलहरुले ब्यक्तिगत स्वार्थ र राजनितिक स्वार्थ त्यागेर जनतालाई जनमुखी लोकतान्त्रिक संबिधान दिनु पर्ने बताउदै पाटीलाई एक जुट बनाएर अगाडी बढाउन आग्रह गर्दै  पाटीलाई शसक्त रुपमा अगाडी बढाउनु पर्ने बताउनु भयो।


   उहाले राजनितिक स्वार्थ र ब्यक्तिगत स्वार्थ त्यागेर संबिधान निर्माण र शान्ति प्रकृया निस्कर्षमा पुराउनु पर्ने  बताउनु भएको छ । उहाले समयमा संबिधान निर्माण गर्न र शान्ती प्रकृया निस्कर्षमा पुराउन नसकेकाले राजनितिक दल र नेता प्रतिको बिश्वास गुमेको बताउनु भयो ।


उहाले जातीय राज्यले देश खतरामा पर्ने भएकाले जातीय राज्य बनाउने पक्षमा आफु नभएको बताउदै नेता खड्काले सरकार ढलाउने पक्षमा काग्रेस नभई शान्ती प्रकृया निस्कर्षमा पुरोउने पक्षमा काग्रेस रहेको  बताउनु भएको छ ।

 


 

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्मा  केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर २ कि सभासद पुस्पा भुसाल केन्द्रिय सदस्य मिनबहादुर बिश्कमा केन्द्रिय सदस्य मानबहादुर बिश्कर्मा पुर्ब केन्द्रिय सदस्य तथा मन्त्रि रेवतीप्रसाद भुसाल जिल्ला सभापती कमल प्रसाद भुसाल  सचिव बासुदेव आर्चाय लगायतको  उपस्थित थियो ।


कार्यक्रम प्रेस युनियनका  जिल्ला अध्यक्ष सुर्य प्रसाद भुसालको अध्यक्षता सचिव नेत्र प्रसाद मरासिनी सचालन कोषाध्यक्ष अशोक पौडेको स्वागत मनतव्यका सम्पन्न भएको हो ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु