भारत गुजरातका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी दुई वर्षपछि हुने संसदको चुनावमा प्रधानमन्त्री पदका लागि दावेदार बन्नसक्ने देखिएका छन् ।
भाजपाका अध्यक्ष नितिन गडकरीले गुजरातका मूख्यमन्त्री मोदीमा प्रधानमन्त्री बन्नसक्ने क्षमता रहेको र पार्टीभित्रका पाँच छ जना त्यस्ता नेताको सूचीमा उनको नाम रहेको बताएपछि मोदीको चर्चा चुलिएको हो ।
गुजरात दंगासँग सम्बन्धित प्रतिवेदन आएलगत्तै गडकरीले यस्तो टिप्पणी गरेका हुन् ।
सूचना प्रविधिको विकासमार्फत् आफ्नो राज्यलाई विकासको उच्च बिन्दुतिर लैजाँदै गरेका मोदी भारतीय राजनीतिमा चर्चामा आइरहने पात्र हुन् । सन् २०१४ को संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवार कस्लाई बनाउने भन्नेचाहिँ समय आएपछि मात्र सार्वजनिक गरिने गडकरीको भनाइ थियो ।